२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनासँग जुध्न नेपालसहित २५ सदस्य देशलाई ५० करोड डलर सहयोग गर्ने

banner

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसहित कोरोना प्रभावित २५ मुलुकलाई अनुदान दिने निर्णय गरेको छ । आईएमएफले कोरोना भाइरसकोे प्रभावलाई सम्बोधन गर्न ती मुलुकलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

आईएमएफको सञ्चालक समितिको बैठकले ५०० मिलियन डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ नेपालसहित २५ वटा आफ्ना सदस्य देशलाई सहयोग गर्ने निर्णय गरेको हो । 

कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिन जर्जिवाले विज्ञप्ति जारी गर्दै नेपालसहित २५ देशलाई कोभिड १९ बिरुद्ध लड्नका लागि आवश्यक आर्थिक सहयोग गर्ने निर्णय गरेको बताएकी हुन् । 

यो अनुदानले गरिब र कमजोर देशहरूलाई आगामी ६ महिनामा प्रारम्भिक चरणका लागि कोषको ऋण दायित्व पूर्ति गर्न सहयोग पुग्ने उनले जनाएकी छन् । यो सहयोगले महत्त्वपूर्ण र अत्यावश्यकीय चिकित्सकीय र अन्य राहतका लागि वित्तीय साधन परिचालन गर्न मद्दत पुग्ने विश्वास आईएमएफले गरेको छ । 

यो सहयोगका लागि बेलायत सरकारले १ सय ८५ मिलियन डलर र जापान सरकारले सय डलर सहयोग गरेको कोषले जनाएको छ । चीन र नेदरल्यान्ड पनि सहयोग गर्न लागेको पनि जनाइएको छ । 

मुद्रा कोषबाट सहयोग पाउनेमा नेपालसहित अफगानिस्तान, कंगो, माली, रुवान्डा, ताजकिस्तान, हैटीलगायतका २५ देश छन् ।

ad

यो पनि पढौँ

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पीसीआरमा देखिएन : स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

ओलीको सम्बोधनपछि काँग्रेसको प्रतिक्रिया : गल्तीबोध र अठोट खोइ ?

कोर्पोरट आवाज डट कम

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

Leave a Comment