
एभरेष्ट बैंक लि। ले बेलायतमा रहेको अन्लाईन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँगबेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामाहस्ताक्षरगरेको छ । सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक श्री। आशुतोष शर्मा र श्पुन रेमिटका प्रबन्ध निर्देशक श्री। वहिदोल्लह साफि ले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएका छन् ।
श्पुन रेमिट, अन्लाईन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एम। ए फास्टमोव लि। अन्तर्गतको नाम हो, जुन वेब का साथै मोबाइल एप्लीकेसनको दुबै एन्ड्रोइड र आई।ओ ।एसमा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरुले आफुलाई श्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।
यस साँझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाईथपसुबिधा प्रदानगर्नमा मद्दत गर्नेछ। श्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजित मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९००० भन्दा बढी पे आउट एजेन्टहरु रबैंकको१०३वटामध्य कुनैपनि शाखाबाट नगद भुक्तानी लिन सकिनेछ।




