२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

नेको इन्स्योरेन्सको मूल्य समायोजन

banner

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १५.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ४ सय २९ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ६ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न असार ३१ गते कम्पनीको २५ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै साधारण सभाले जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ। आइतबार समायाेजित मूल्यका आधारमा इन्स्याेरेन्सकाे शेयर काराेबार खुल्नेछ।

ad

यो पनि पढौँ

आइएमई लाइफले बोर्डसँग माग्यो ६० करोड आइपीओ निष्काशनकाे अनुमति

कोर्पोरट आवाज डट कम

ज्योतिलाईफको स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ।

कोर्पोरट आवाज डट कम

ग्लोबल आइएमई बैंकको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज पाइने

कोर्पोरट आवाज डट कम