
भक्तपुर नगरपालिकालाई शनिबार ५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। नेपाल राईजिङ्ग र इन्गेज नेपालले अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। यी सस्थाले ७० वटा कन्सन्ट्रेटर विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपलब्ध गराईसकेका छन्।
देशैभरि कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रमा निम्त्याएको संकटपूर्ण अवस्थालाई चिर्न स्थानीय तहमा पालिकाहरुले सम्बोधन गर्ने प्रयासमा हातेमालो गर्दै नागरिक समूह र गैरसरकारी संस्थाहरुबाट स्वास्थ्य सहयोग सामग्रीहरु जुटाउँदै आएको छ। कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स नेपालका तर्फबाट गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले ५ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन भक्तपूर नगरपालिकाका उप–प्रमुख रजनी श्रेष्ठ जोशीलाई हस्तान्तरण गरेका हुन्।
नगरपालिका उप–प्रमुख रजनीश्रेष्ठ जोशीले भनिन्, ‘कोभिडको मुस्किल घडीमा भक्तपुर नगरपालिकाले केन्द्र सरकारबाट कुनै किसिमको सहयोग प्राप्त नभए पनि जनस्तर तथा दाताहरुबाट स्वस्फूर्त रुपमा संक्रमितको उपचारार्थ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ४ करोड ३२ लाख ९० हजार ९ सय ७८ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएकोमा खुसी लागेको छ।’
गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले अक्सिजन सिलिण्डरतथा कोभिड १९ विरुद्ध लडन होम आईसोलेसन किट सहयोग गरी मानिसको जीवन बचाउन थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
धुलिखेल नगरपालिकाद्वारा संचालित ५० बेडको आईसोलेसन केन्द्रमा कोभिड संक्रमितहरुको चाप बढेको अवस्थामा विरामीहरुलाई अक्सिजनसहित उपचार गर्न प्राप्त ५ वटा अक्सिजन कन्सन्ट्रेटर, १० वटा अक्सिजन सिलिण्डर र अन्यविविध स्वास्थ्य सामग्री सहयोग प्राप्त हुँदा सेवा निरन्तरता दिन निकै ठूलो सहयोग भएको अनुभव महानगरपालिकाका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सन्दीप केसीले बताए।
यो समूहले मध्यपुर थिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालमा ४० वटा, धुलिखेल नगरपालिकामा ५ वटा, भक्तपूर नगरपालिकामा ५ वटा, ललितपुर महानगरपालिकामा ५ वटा, क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा १ वटा, काठमाडौं महानगरपालिका १७ द्धारा संचालितआइसोलेसन सेन्टरलाई १ वटा, काठमाडौं महानगरपालिका १५ स्थितकुमारी माजु डल्लु आवासको आइसोलेसन सेन्टरलाई १ वटा, तानसेन मिसनअस्पतालाई २ वटा, विराटनगर महानगरपालिकालाई २ वटा, नगर अस्पताल सुर्खेतलाई २ वटा र महालक्ष्मीनगरपालिकालाई ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरिसकेको ।
नदीकिनारमा बसोवास गर्दै आइरहेका न्यून आय भएका व्यक्तिहरुको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका संस्था महिला एकता समाजलाई कोभिड १९ विरुद्ध लडन ५० वटा होम आइसोलेसन किट उपलब्ध गराईएको छ।


