२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
शिक्षा समाचार

एसईई मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै

banner

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ ।

विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो । बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिए ।

विशेषगरी विद्यार्थीको मूल्याङ्कनमा नम्बर कसरी दिने भन्ने मापदण्ड निर्धारण, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्याङ्कनमा को जिम्मेवार हुनेलगायतका विषय स्पष्ट पार्ने काम कार्यविधिले गर्ने जनाइएको छ । सरकारले गत वर्ष पनि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो ।

सो कार्यविधिमा केही परिवर्तन गरी यस पटक कार्यविधि जारी गर्ने उनले दिए । गत वर्षको कार्यविधिमा शिक्षकले गरेका कतिपय मूल्याङ्कनका कारण आलोचना गरिएको थियो ।

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन ।

ad

यो पनि पढौँ

क्रिप्टोकरेन्सी कारोबारबाट हुनसक्ने आठ जोखिमहरू

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

कोर्पोरट आवाज डट कम

जगदम्बा स्टिल उद्योगमा भीषण आगलागी, दुई भारतीय मजदुरको मृत्यू

कोर्पोरट आवाज डट कम