४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

banner

काठमाडौं । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका काठमाडौंका मेयर बालेन्द्र साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।

त्यस्तै उनले फोहोरबाट इन्धन निकाल्न करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मल बनाउने गरी योजना बनाएको पनि सुनाए ।

कुहिने र नकुहिने फोहोर छुट्याउन काठमाडौंका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

मेयर साहले स्थानीयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताएका छन् ।

मेयर साह र उपमेयर सनिता डंगोल आज बिहानै सिसडोल गएका हुन् । उनीहरुले हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए ।

ad

यो पनि पढौँ

नेपालमा थप ३ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १२ पुग्यो

कोर्पोरट आवाज डट कम

‘रोनाल्डो अविश्वासनिय खेलाडी’

कोर्पोरट आवाज डट कम

लकडाउन तत्कालै खोल्न सम्भव छैनः भारतीय प्रधानमन्त्री मोदी

कोर्पोरट आवाज डट कम