४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग फिचर स्वास्थ्य

चितवनमा पीपीई र मास्कमा कालोबजारीको जालो

banner

चितवन । कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारमा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क र चश्मामा ब्यापक कालोबजारी भएको पाइएको छ ।

चितवनका विभिन्न अस्पताल तथा मेडिकल कलेजहरुले महंगो शुल्कमा दलालमार्फत पीपीई खरिद गरेका छन् । सरकारबाट पीपीई पाउन नसकेपछि बाध्यात्मक अवस्थामा महंगो भए पनि पीपीई खरिद गरेको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमणबाट आफ्ना स्वास्थ्यकर्मीहरुलाई बचाउन लागि पीपीई, पञ्जा, सेनिटाइजर, चश्मा र मास्क खरिद गरिएको मेडिकल कलेज सञ्चालकहरुले बताए ।

‘सुरुमा फ्रन्ट लाइनमा बस्ने स्वास्थ्यकर्मीका लागि मात्रै भनेर कम परिमाण्मा खरिद गरेका थियौं, त्यतिबेला पीपीई लगायतका अन्य सुरक्षा सामाग्री सस्तोमा किनेका थियौं’ पुरानो मेडिकल कलेजका एक चिकित्सकले भने, ‘अहिले अन्य स्वास्थ्यकर्मीले पनि पीपीईविना काम गर्दैनौं भन्न थालेपछि फेरि किन्दा निकै महंगो मूल्य तिर्नुपर्‍यो ।’

पहिला १७ सय ५० पर्ने पीपीईलाई ६ हजार ५ सय, ३ हजार ५ सय पर्नेलाई १० हजार ५ सय, १० हजार पर्ने पीपीईलाई १८ हजारभन्दा बढि लिने गरेका खरिदकर्ताहरु बताउँछन ।

एउटा पीपीई सेटमा न्यूनतम ४ चारदेखि ८ हजारसम्म बढी तिर्नु परेको मेडिकल कलेजको लेखा शाखामा काम गर्ने एक कर्मचारीले बताए ।

पहिला २ सय ५० मा बेच्ने एन९५ मास्कलाई अहिले ५ सयभन्दा बढी लिने गरेका छन् ।

कतिपयले ‘पीपीई लिनुस्भो, भोलि दिनमा पाइँदैन’ भन्दै स्वास्थ्यकर्मीहरुलाई फोन पनि गर्ने गरेका छन् । उनीहरूले ३०, ५० वा १०० सेटभन्दा कम नदिने भन्दै समानको सिलिङ बनाएका छन् । भ्याट बिल माग्दा दिँदैनन् । सिधै नगद पाए डेलिभरी दिने, नभए नदिने बताउने गरेका छन्छ ।

केही पीपीईका मात्रै सप्लार्यस छन् भने केही सेनिटाइजर र मास्कका छन् ।

निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले पहिला दुई हजार पर्ने पीपीईलाई ७ हजार ५ सय भनेपछि खरिद नगरेको बताए । ‘मैले पनि चिकित्सक तथा नर्सका लागि केही पीपीई चाहिन्छ भनेर अर्डर गरेको थिएँ, तर २ हजार पर्नेलाई ७ हजार ५ सय भने र अर्डर क्यान्सिल गरेँ’ उनले भने ।

उनका अनुसार बिचौलियाले एक हजार पर्ने थर्मल गनलाई २ हजारदेखि २ हजार पाँचसय लिने गरेको बताए । भरतपुर अस्पतालले एक सय ७५ थान पीपीई खरिद गरेको छ । अन्य भन्दा सस्तोमा खरिद गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

भरतपुर कोरोना अस्थायी अस्पतालले दुई सय ५० जना पीपीई महानगरपालिका मार्फत किनेको छ ।

यस्तै, क्यान्सर अस्पताल भरतपुरले एक सय थान पीपीई झण्डै चार हजारमा खरिद गरेको अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्यले बताए । ‘सरकारले दिएन, तत्कालको व्यवस्थापनका लागि किन्यौं, अहिले चीनबाट आएको केही समान प्रदेश सरकारमार्फत मागेका छौं’ डा. आचार्यले भने ।

निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारी अहिले खरिद गरिएका अधिकांश पीपीई, मास्क र अन्य सुरक्षा साधानहरू डब्लुएचओको मापदण्ड अनुसार नभएको हुनसक्ने बताए । ‘अहिले त रेनकोट सिलाएर पनि पीपीई भन्दै बेच्न थालिएको छ, साँच्चै यस्ता पीपीईले कोरोना भाइरस रोक्छ कि रोक्दैन थाहा छैन, मनको सन्तोष भने भएकै छ’ अधिकारीले भने, ‘तर यही मौका छोपेर कालोबजारी गर्नेले कमाए, सरकार निरिह भयो ।’

निजी अस्पतालहरुले चाहेर पनि खुल्ला र प्रतिस्पर्धी बजारबाट पीपीई किन्न नसक्ने उनले बताए । पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले सरकारले निजी अस्पतालसँग अर्डर लिएर सामान आपूर्तिमा सहजीकरण गरिदिए रकम निजी अस्पतालले तिर्ने बताए ।

ad

यो पनि पढौँ

बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित

कोर्पोरट आवाज डट कम

एक पटक लगाए पुग्ने अमेरिकाबाट १५ लाख डाेज कोरोनाविरुद्धको खोप नेपाल आउँदै

कोर्पोरट आवाज डट कम

निर्दोष ठहरिए सन्दीप लामिछाने

Corporate Aawaj

Leave a Comment