
रासस : डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन् । पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उनी खटिरहेका छन् । अर्थतन्त्रमा कोरोनाको संक्रमण कम गर्ने महत्वपूर्ण कार्यमा अनवरतरुपमा खटिरहेका डा.खतिवडाले सरकारले चालेका कदमबारे थप प्रष्ट पारेका छन् । लकडाउनका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभाव न्यून गर्ने लक्ष्यका साथ सरकारले गरेका निर्णयबारे उनीसँग राष्ट्रिय समाचार समितिका प्रतिनिधिहरु रमेश लम्साल, हरि लामिछाने र अशोक घिमिरेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरेको कुराकानीको सम्पादित अंशः
कोरोनाविरुद्ध लडाईँ चलिरहँदा यहाँ अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । यो विषम परिस्थितिलाई कसरी बोध गरिरहनुभएको छ ?