२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

एक पटक लगाए पुग्ने अमेरिकाबाट १५ लाख डाेज कोरोनाविरुद्धको खोप नेपाल आउँदै

banner

अमेरिकाबाट आगामी सोमवार १५ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आउने भएको छ ।

अमेरिकाले नेपाललाई दिन लागेको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज कोरोना विरूद्धको खोप सोमबार काठमाडौं आइपुग्ने भएको हो ।नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त परिमाणको खोप नेपाललाई उपलब्ध गराउन लागेको घोषणा गर्नुभएको हो ।यसअन्तर्गत सोमबार जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।

उहाँका अनुसार अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको जोन्सन एण्ड जोन्सन खोपको एक मात्रा लगाएपछि अर्को मात्रा लगाउन नपर्ने जनाइएको छ ।

ad

यो पनि पढौँ

कौसी खेती गर्ने हो? ललितपुरले दिन्छ बीउ र मल सित्तैमा

कोर्पोरट आवाज डट कम

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

कोर्पोरट आवाज डट कम

महामारीमा पनि अभिभावक बन्‍न सकेनन् विद्यासुन्दर

कोर्पोरट आवाज डट कम