२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले digital सेवा मार्फत भुक्तानी सेवाको शुरुवात ।

banner

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले Digital सेवालाई प्राथमिकतामा राखि अहिलेको कोभिड–१९ तथा निषेधाज्ञाको परिस्थितीमा ग्राहकवर्गको स्वास्थ स्थिति तथा दैनिक ब्यवसायिक कार्यक्रमलाई ध्यानमा राखि Digital माध्यमबाट आफनो ग्राहक सदस्यहरुलाई आजैबाट वचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको छ । नेपालकै अग्रणी तथा सुपरिचित FINTEC कम्पनी (E-SEWA) ई–सेवा फोन पे प्रा.लि संग सम्झौता गरी सोको Digital Platform मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरि सो सेवा उपलब्ध हुने छ । यसबाट ग्राहक सदस्यहरुले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाईल एप तथा Website मा Login गरी यो सेवाको उपयोग गर्न सक्ने छन् जसले गर्दा लघुवित्तको कार्यालयमै गएर तथा रकम बोकेर वचत तथा कर्जाको भुक्तानी गर्नु पर्ने बाध्यता हटेको छ भने नेपालमा मात्रै नभएर विदेशबाट पनि सो सेवाको उपयोग गर्न सकिने भएको छ । सो सेवाको लागि

https://esewa.com.np/#/make_payment/NP-ES-NICAL/NIC%20Asia%20Laghubitta%20Bittiya%20Sanstha%20Limited

लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नंबर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिनेछ भने सोमा कुनै समस्या भएमा ९८५६०४६२००.नंम्बरमा सम्पर्क गरी समाधान गर्न सकिनेछ ।
हाल विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोभिड–१९ को दोस्रो लहरको कारण मानविय दैनिक जीवन कष्टकर बन्दै जानुका साथै संक्रमित व्यक्तिहरुको संख्यामा दिनानुदिन बृद्धि हुँदै गएकोले नेपाल सरकार, स्थानीय निकाय तथा जिल्ला प्रशासनहरुले देशव्यापी निषेधाज्ञा अवधि बढाउँदै गईरहेकोेले देशका ठूला ठूला औद्योगिक कलकारखाना तथा व्यापार व्यवसायहरु पूर्ण रुपमा धरासायी हुँदै गईरहेको अवस्थामा ग्रामीण भेगका साना साना व्यापार, व्यवसाय तथा दैनिक ज्यालादारी मजदुरहरुको नियमित आयआर्जनमा समेत प्रतिकूल असर पर्न गएको अवस्थामा मुलुकभर सबैभन्दा धेरै शाखा कार्यालयका सञ्जालहरू मार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरू माझ लघुवित्त सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले Digital सेवाहरुलाई प्राथमिकतामा राखेको हो ।
यस वित्तीय संस्थाले यस सुविधाको सुरुवात गरेसँगै लघुवित्त क्षेत्रमा आफु प्रविधिमैत्री संस्थाको रुपमा स्थापना गर्न सफल भएको छ । यस्तो विषम परिस्थितिमा कोभिड–१९ को दोस्रो लहरको संक्रमणका कारण जन जिवन ठप्प भएको अवस्थामा म्ष्नष्तब िमाध्यमबाट सेवा दिन पाउनु यस वित्तीय संस्थाको लागि अवसर तथा ग्राहक सदस्यहरुको लागि ठुलो राहतको विषय भएको छ ।
यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप उच्चतम तथा नवीनतम प्रविधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा समुह सदस्य र ऋणीहरुलाई समेत थप प्रभावकारी सेवा प्रदान गर्दै आईरहेको छ । यस सस्थाले निकट भविश्यमा बैकं तथा वित्तीय संस्थाहरुसगं तथा अन्य अग्रणी प्रविधीमैत्री सस्थाहरुसगं सहकार्य गरी धेरै भन्दा धेरै Digital नविनतम सेवा तथा सुविधाहरु आफ्ना ग्राहक सदस्यहरु प्रदान गर्नलाई दत्तचित भई लागिरहेको ब्यहोरा शहर्ष जानकरी गराउदछौं ।
वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २५० शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ । यस त्रयमासको अन्त सम्ममा वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको छ । यसका साथै यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्नीपिडित परिवारहरुलाई खाद्यान्य तथा सामाग्री सहयोग, सितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरि समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ । आर्थिक बर्ष २०७६÷७७ मा यस वित्तीय संस्थाले आन्तरिक राजस्व विभागलाई रु.७,४०,०९,२७५ आयकर भुक्तनी गरि नेपाल सरकारको कर संकलन लक्ष्यलाई समेत थप टेवा पु¥याएको छ ।
साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।

ad

यो पनि पढौँ

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको बारुणयन्त्र हस्तान्तरण

कोर्पोरट आवाज डट कम

नबिल बैंकको वार्षिकोत्सव अफर: कार्ड, स्मार्ट बैंक तथा लकरमा ३७ दिनसम्म छुट

कोर्पोरट आवाज डट कम

दुई नयाँ फोन ए५७ र ए७७ सार्वजनिक गर्दै ओप्पो

कोर्पोरट आवाज डट कम