
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलमा थपेका ८ जना मन्त्री तथा राज्यमन्त्रीको सपथ भएको छ । आज राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुको सपथ भएको हो ।
सपथ लिनेहरुमा नेकपा एमाले र जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएकाहरु छन् ।
सपथ लिनेहरुमा गृहमन्त्री खगराज अधिकारी, र उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, सञ्चारमन्त्री नैनकला थापा, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनी राना, सामान्य प्रशासनमन्त्री गणेश पहाडी, मोहन बानिया प्रधानमन्त्री कार्यालय र वनराज्यमन्त्री आशाकुमारी वि.क. छन् ।


