४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

भारतीय नागरिकबाट ३० लाख स्रोत नखुलेको रकम बरामद

banner

रौतहट प्रहरीले दुई भारतीय नागरिकबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँचको क्रममा उनीहरुको साथबाट सो रकम बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहका अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुको साथमा स्रोत नखुलेको रकम फेला परेपछि प्रहरीलाई नियन्त्रणमा लिएको छ।

रौतहटको परोहा नगरपालीका ९ रामपुरखापस्थितमा नेपाल भारत सीमाबाट उनीहरु नेपाल तर्फ आइरहेका थिए। परोहा नगरपालिका ९ रामपुरखापस्थित नेपाल भारत सीमामा बिआर०५आर४५२१ जी नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेको प्रहरीले जनाएको छ।

एसपी शाहका अनुसार भारत मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बन्टिकुमार कलवार र २० वर्षीय सुरज कलवारले सो रकम लिएर नेपाल आएका थिए। मोटरसाइकल पछाडि सवार सुरजले बोकेको नाईलुनको ब्यागमा सो रकम भेटिएको थियो। निषेधाज्ञाको समय उनीहरु नेपाल छिरेका थिए । त्यही क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिएको थियो।

ad

यो पनि पढौँ

माधव नेपालका सांसदहरू शेरबहादुरको पाउमा गएर भोज खाँदैछन्: नेता बस्नेत

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राखेर सार्वजनिक यातायात खोल्ने तयारी, प्रजिअहरूको बैठक बस्दै

कोर्पोरट आवाज डट कम

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

कोर्पोरट आवाज डट कम