२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

लक्ष्मी बैंकले ल्यायो यूरो कप लक्षित ‘प्रेडिक्ट एण्ड वीन क्याम्पेन’

banner

काठमाडौं, २ असार । खेलका पारखिहरुको ध्यान यतिबेला यूरो कप २०२१ तिर गईरहेको छ । विश्वभर युरो कप २०२१ को सुरुवातसंगै फुटबलका फ्यानहरु मात्र नभई सर्वसाधारणहरुमा पनि यसले उमङ्ग छाएको छ । यसैमा अँझ बढी उमङ्ग र उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिलेर ‘प्रेडिक्ट एण्ड वीन क्याम्पेन’ ल्याएको जानकारी दिएको छ ।

यो क्याम्पेन युरो कप २०२१ शुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहने भएको छ । क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट सेवा निःशुल्क पाउन सक्ने भएका छन् ।

क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकले मोबाईल मनी सेवा शुरु गरेको हुनुपर्छ । मोबाईल मनीका प्रयोगकर्ताले सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् । मोबाईल मनी को ’फोन–पे डिरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछी क्याम्पेनमा सहभागी हुन सकिने भएको छ ।

क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने भएको छ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन नि:शुल्क पाउने छन् । यस क्याम्पेनमा जती धेरै नगद ट्रान्स्फर गरिन्छ त्यती नै धेरै जित्ने मौका पाईने भएको छ ।

ad

यो पनि पढौँ

लुम्बिनी विकास बैंक लि. द्वारा सम्मान कार्यक्रम सम्पन्न

कोर्पोरट आवाज डट कम

कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट, विज्ञापनमा अनमोल

Corporate Aawaj

मेगा बैंकले ल्यायो फोनबाट सहजै प्राप्त गर्न सकिने २ लाख रुपैंयासम्मको कर्जा

कोर्पोरट आवाज डट कम