४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

‘आइएमई पे’ बन्याे साइकल सिटी नेटवर्क नेपालकाे पेमेन्ट पार्टनर

banner

काठमाडाैं । ‘आइएमई पे’ साइकल सिटी नेटवर्क नेपालकाे पार्टनर बनेकाे छ ।

याेसँगैं स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिनेछ र सो रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई पे रहेको छ ।

साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसनबीच भएको सम्झौता पश्चात अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुत्तानी सेवा प्रदान गर्नेछन् ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को साइकल यात्रा प्रवर्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई पे’ को भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को अध्यक्ष सैलेन्द्र डंगोलले साइकल यात्रा प्रवद्र्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।

ad

यो पनि पढौँ

लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा

कोर्पोरट आवाज डट कम

स्कुटर तथा मोटरसाइकल किन्न कामना सेवाको इएमआई सुविधा

कोर्पोरट आवाज डट कम

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

कोर्पोरट आवाज डट कम