२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

असार २५ गतेभित्र कर तिर्नुपर्ने : यस्तो छ सरकारको निर्देशन

banner

 असार २५ गतेभित्र कर तिर्न सरकारले  निर्देशन दिएको छ। बुधबार सूचना सार्वजनिक गर्दै आन्तरिक राजस्व विभागले असार २५ भित्र सबै प्रकारको कर दाखिला गर्न निर्देशन दिएको हो। 

विभागले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन दिएको हो। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको सूचनामा उल्लेख गरिएको छ। कोरोना महामारी र संक्रमणलाई ख्याल गर्दै आर्थिक ऐन, २०७७ को दफा १९ अनुसार सरकारले कर दाखिला गर्ने म्याद थप भएको विभागले जनाएको हो।

 सूचनामा भनिएको छ, ‘कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनुपर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरिएको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।’

सर्वोच्च अदालतले कर तिर्ने समय तोक्न आदेश दिए लगत्तै सरकारले कर चुक्ता गर्नका निम्ति असार २५ गतेसम्मको समय दिएको हो। काठमाडौं उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा निरन्तर चलिरहेको छ भने अन्य जिल्लामासमेत निषेधाज्ञा जारी छ।

ad

यो पनि पढौँ

२१ दिनभित्र सम्पर्कमा नआए ललिता निवासको जग्गा सरकारको नाममा

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

कोर्पोरट आवाज डट कम

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई ५ लाखसम्मका शैक्षिक कर्जा दिने

कोर्पोरट आवाज डट कम