४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने

banner

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । 

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने बुझिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको  छ ।

ad

यो पनि पढौँ

‘सहायक श्रीमान्’ अमेरिकाको बेडफोर्ड इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट 

Corporate Aawaj

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पीसीआरमा देखिएन : स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

क्रिप्टोकरेन्सी कारोबारबाट हुनसक्ने आठ जोखिमहरू

कोर्पोरट आवाज डट कम

Leave a Comment