५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

रोनाल्डोको एक शब्दले एक झट्कामा कोकाकोलाको ४ अर्ब डलर डुब्यो

banner

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको एक शब्दले कोकाकोलालाई अरबौं डलर घाटा लागेको छ । युरो कप फुटबलमा आफ्नो खेलअघि भएको पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकाकोलाका बोतल हटाएको घटनाले कोकाकोलाई यति ठूलो झट्का लागेको हो । द गार्डियनका अनुसार रोनाल्डोका कारण कोकाकोलालाई करिब ४ बिलियन डलर घाटा लागेको छ ।

पोर्चुगलका कप्तान रोनाल्डो स्वास्थ्यप्रति अत्यन्तै सचेत व्यक्तिका रुपमा चिनिन्छन् । र, उनले उक्त पत्रकार सम्मेलनमा कार्बोनेटेड सफ्ट ड्रिंकको बारेमा आफ्नो धारणा प्रस्ट पारेका छन् । हंगेरीको राजधानी बुडापेस्टमा सोमबार आफ्नो र हंगेरीबीच ग्रुप एफको खेलभन्दा अगाडि आयोजित पत्रकार सम्मेलनमा रोनाल्डोले आफ्नो अगाडि भएका कोकाकोलाका बोतल हटाएका थिए । बोतल हटाएपछि रोनाल्डोले आफ्नो हातमा रहेको पानीको बोतल उठाएर पोर्चुगिजमा ‘अगुआ !’ भनेर मानिसहरुलाई पानी पिउन प्रोत्साहित गरेका थिए । पोर्चुगिज भाषामा अगुआको अर्थ पानी हो ।

रोनाल्डोले यति गर्नेबित्तिकै कोकाकोलाको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट आएर प्रतिकित्ता ५६.१० डलरबाट घटेर ५५.२२ डलरमा झरेको छ । यसले कोकाकोलाको बजार मूल्य २४२ बिलियन डलरबाट घटेर २३८ बिलियनमा झरेको छ । कोकाकोला युरो २०२० को प्रायोजक हो । उसले मंगलबार एक वक्तव्य जारी गर्दै ‘हरेक व्यक्ति आफ्नो स्वाद र आवश्यकता अनुसार आफ्नो पेय पदार्थको प्राथमिकता छान्न स्वतन्त्र भएको’ भनेको छ ।

ad

यो पनि पढौँ

बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण

कोर्पोरट आवाज डट कम

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध

कोर्पोरट आवाज डट कम