२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

ओली सरकारमा मन्त्री बनेका जसपाका ९ नेता उपेन्द्र समूहद्वारा पार्टीबाट निष्कासित

banner

जसपा विवादका बीच अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ। महन्थ ठाकुरले बैठकअघि नै यो बैठकका निर्णय नमान्ने बताइसकेको छ।

तर पनि उपेन्द्र यादवको अध्यक्षतामा विहीबार बसेको कार्यकारिणी समितिले मन्त्रीहरु राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव र राज्यमन्त्री बनेका चन्द्रकान्त चौधरी र रेणुका गुरूङलाई पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो। यसअघि मन्त्री रहेका अन्य दुईजना राजेन्द्र महतो र लक्ष्मण लालकर्णलाई पार्टीबाट निष्कासित गरिसकेको छ।

उपेन्द्र समूहले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई यसअघि नै पार्टीबाट निष्कासित गर्दै निर्वाचन आयोगमा विवरण नवीकरणका लागि निवेदन दिए पनि निर्वाचन आयोगले भने सो निवेदन अस्वीकार गरिसकेको छ। र महन्थ ठाकुरले पनि उपेन्द्र यादवलाई गरेको कारबाहीलाई आयोगले अस्वीकार गरेको छ।

उपेन्द्र समूहले पार्टीमा आधिकारिकता दावीका लागि फेरि निर्वाचन आयोग जाने निर्णय गरेको छ। यस्तै बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उनीहरुलाई पार्टीले यसअघि पदमुक्त गरे पनि सर्वोच्च अदालतले सांसद पदमा पुनःबहाली गरिदिएको थियो। उनीहरु एमाले नेतृत्वको सरकारमा मन्त्री छन्।

यस्तै बैठकले चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको एक नेताले जानकारी दिए। बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको पनि उनले बताए। यस्तै बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।

ad

यो पनि पढौँ

गण्डकीमा ५ सदस्यीय मन्त्रिपरिषद, प्रदेश प्रमुखबाट शपथ ग्रहण

कोर्पोरट आवाज डट कम

बेलायती प्रधानमन्त्रीको स्वास्थ्य बिग्रियो, सघन उपचार कक्षमा भर्ना

कोर्पोरट आवाज डट कम

पठाओ ट्याक्सीको दोस्रो एनिभर्सरी, आज सित्तैमा ट्याक्सी बुक गर्न सकिने

कोर्पोरट आवाज डट कम