२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

युक्रेनलाई २-० को अग्रता

banner

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा भईरहेको छ ।

रोमानियाको नेसनल एरिनामा जारी खेलको पहिलो हाफ सकिदा युक्रेनले २-० गोलको अग्रता बनाएको छ ।

पहिलो हाफमा युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल गरेका छन् ।

खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ३४ औं मिनेटमा यारेमचुकले गोल गर्दै युक्रेनलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका हुन् ।

समूह सी’ मा रहेको युक्रेन पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।

नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा छ । नर्थ म्यासेडोनिया पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो ।

Image
ad

यो पनि पढौँ

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू : सर्वोच्च

कोर्पोरट आवाज डट कम

गण्डकीमा ५ सदस्यीय मन्त्रिपरिषद, प्रदेश प्रमुखबाट शपथ ग्रहण

कोर्पोरट आवाज डट कम

तेल उत्पादक देशले २० प्रतिशतभन्दा बढी तेल कटौती गर्ने

कोर्पोरट आवाज डट कम