२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

बिदाइमा भावुक हुँदै रामोसले भने, ‘एक दिन फर्कनेछु’

banner

एजेन्सी । रियल मड्रिडले कप्तान तथा डिफेन्डर सर्जियो रामोसलाई बिदाइ गरेको छ  ।

रियलले बिहीबार कप्तान रामोसको बिदाइ गरेको हो ।

बिदाइमा रामोस भावुक बनेका थिए । बिदाइ समारोहमा बोल्दै रामोसले आफु एक दिन रियल फर्कने समेत बताए ।

‘म निश्चित छु, एक दिन यहाँ फर्कनेछु । म रियल मड्रिडलाई धन्यवाद दिन चाहन्छु’ रामोसले भने, ‘मेरो हृदयमा सँधै राख्नेछु ।’

स्पेनिस सेन्टर ब्याक रामोस १६ वर्ष क्लबमा बसेर बिदा भएका हुन् ।  

३५ वर्षीय रामोस सन् २००५ मा सेभियाबाट रियल आएका थिए ।

Image

रियलमा लिजेण्ड खेलाडीको पहिचान बनाएका उनले क्लबका ६ सय ७१ खेल खेलेका थिए ।

रियलका लागि १ सय १ गोल गरेका रामोसले ४० असिस्ट गरेका छन् ।

रियलबाट उनले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

फिफा क्लब विश्वकप र स्पेनिस सुपर कप ४/४ पटक जित्दा यूईएफए सुपर कप ३ पटक जितेका छन् ।

यस्तै कोपा डेल रे दुई पटक जितेका छन् ।

Image
ad

यो पनि पढौँ

लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

कोर्पोरट आवाज डट कम

नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

कोर्पोरट आवाज डट कम

डोलेश्वर दर्शनार्थीलाई मास्क र स्यानिटाइजर वितरण

कोर्पोरट आवाज डट कम