४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

थुनिएको मर्स्याङदी नदी खुल्यो, सबैलाई सतर्क रहन प्रशासनको अपील

banner

पहिरोले थुनिएको मनाङको मर्स्याङदी नदीमा ओभर फ्लो भएर पानी बग्न थालेको छ। जिल्लाको हुम्दे भन्ने स्थानमा शनिबार बिहान पहिरो गएपछि केही समय नदी थनिए पनि अहिले खुलिसकेको जिल्ला प्रशासन कार्यालय मनाङकी सूचना अधिकारी शारदा चालिसेले जानकारी दिइन्। उनले डिसी नेपालसँग फोनमा भनिन्, ‘बिहान पहिरो आउँदा केही समय नदी थुनिएको थियो। अहिले खुलेको छ। यहाँ चामेमा पनि नदी केही समय थुनिएको थियो। अहिले खुलिसकेको छ।’ उनले नदीमा पानीको बहाब भने बढेको जानकारी दिइन्।

प्रशासनले तटीय क्षेत्रमा सचेत रहन सबैमा अपील गरेको छ। प्रशासनले नदीको पानीको बहाबबारे नियमित अवलोकन गरिरहेको छ। गत मंगलबार मर्स्याङदी नदीमा बाढी आउँदा जिल्लाको सदरमुकाम चामे , ताल गाउँपालिकामा व्यापक क्षति गरेको थियो। दुबै स्थानमा गरेर बाढीबाट विस्थापित भएका करिब १ हजार मानिस पालमा र स्थानीय विद्यालयमा बसिरहेको सूचना अधिकारी चालिसेले जानकारी दिइन्।

उनका अनुसार चामेमा ८ सय जना विस्थापित भएका छन् भने ओडार, घेराङ र ठोचेमा १७५ जना विस्थापित भएका छन्। नेपाली सेना हेलिकोप्टरबाट पुगेर पीडितको उद्धार गरेको थियो। तर, विस्थापितहरुमा खाद्यन्नको समस्या रहेको छ। सूचना अधिकारी चालिसेले आफूहरुले विस्थापितलाई च्यूरा बाहेक अन्य खाद्यन्न वितरण गर्न नसकेको र कतैबाट सहयोग प्राप्त नभएको जानकारी दिइन्।

ad

यो पनि पढौँ

ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुटेपछि पाँच ट्राफिक प्रहरी कारबाहीमा

कोर्पोरट आवाज डट कम

इम्बोस्ड नम्बर प्लेट खारेज गर्न माग गर्दै मसाल जुलुस

कोर्पोरट आवाज डट कम

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

कोर्पोरट आवाज डट कम