५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुटेपछि पाँच ट्राफिक प्रहरी कारबाहीमा

banner

१४ असार, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको प्रारम्भिक जाँचबुझमा देखिएको छ । तर अन्यले पनि रोक्नुपर्नेमा त्यसका लागि भूमिका खेलेको नदेखिएकाले चेकिङमा रहेका पाँचैजनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए । शाहले भने, ‘अहिले सबैलाई बग्गीखाना फिर्ता पठाइएको छ ।’

डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् । डा. घिसिङका अनुसार उनी राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका थिए । तर एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि त्यहाँ जवान थापाले उनलाई कुटपिट गरेका थिए ।

‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीले मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् ।

ad

यो पनि पढौँ

राखेप बोर्ड बैठक असार ३० गते

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

तपाईँको आम्दानी कति ? यस्तो छ एक वर्षमा तिर्नुपर्ने करको दर

कोर्पोरट आवाज डट कम