२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश समाचार

भुटानी राजा भन्छन ‘म नेपालको प्रसूति गृहमा जन्मेको हुँ नेपालीहरुसँग मेरो घनिष्ट सम्बन्ध छ’…

banner

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

‘नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै राजदूत आचार्यले भने । राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।

राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाएका थिए । आचार्यले उच्चस्तरीय भ्रमणको आदानप्रदान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत आचार्यले भुटानी प्रधानमन्त्री डा. लोटे टिसिरिङ्गसँग पनि भेट गरेका थिए । भेटमा नेपाल र भुटानको ऐतिहासिक सांस्कृतिक समानता तथा नेपाल सरकारकाे भ्रमण वर्ष २०२० काे प्रवर्द्धन बारे छलफल भएको थियो ।

ad

यो पनि पढौँ

सिसडोलका आक्रोशित स्थानीयसँग मेयर बालेन्द्रको प्रश्न : मलाई काम गर्न नदिने हो ?

कोर्पोरट आवाज डट कम

नियामकमाथि नै दोहनः एउटै नियुक्तिमा ४२ बैठक, प्रति कर्मचारी १ लाख ६८ हजारसम्म भत्ता !

कोर्पोरट आवाज डट कम

एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको विजनेसमा गिरावट, असारमा यी ७ बैंकको पफर्मेन्स घट्यो

कोर्पोरट आवाज डट कम