४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

ललितपुरको ठैवबाट कस्तुरीको विना सहित २ जना पक्राउ

banner

ललितपुरको ठैवबाट कस्तुरीको विना सहित २ जना पक्राउ परेको छन् । ललितपुर प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका १४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका ४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका ३ बस्ने ३५ वर्षीय उदयकुमार कोइराला रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पेश गरिएको र यस ब्यूरोले जनाएको छ ।

ad

यो पनि पढौँ

भक्तपुर नपाले कोरोना संक्रमण नियन्त्रण गर्न गरेका महत्वपूर्ण निर्णयहरू

कोर्पोरट आवाज डट कम

विद्युत तार भूमिगत पारेसँगै पोल पनि हटाइँदै, अब कहाँबाट दिने इन्टरनेट सेवा ?

Corporate Aawaj

अमेरिकाको भ्रमणमा प्रधान सेनापति शर्मा

कोर्पोरट आवाज डट कम