५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

ललितपुरको ठैवबाट कस्तुरीको विना सहित २ जना पक्राउ

banner

ललितपुरको ठैवबाट कस्तुरीको विना सहित २ जना पक्राउ परेको छन् । ललितपुर प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका १४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका ४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका ३ बस्ने ३५ वर्षीय उदयकुमार कोइराला रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पेश गरिएको र यस ब्यूरोले जनाएको छ ।

ad

यो पनि पढौँ

साफ फुटबल नेपालमा आयोजना हुन्छ : प्रधानमन्त्री

कोर्पोरट आवाज डट कम

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

कोर्पोरट आवाज डट कम

रातदिन खटिने प्रहरीको तलब काट्दै

कोर्पोरट आवाज डट कम