२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

खुकुलो बनाउँदै उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञा थपियो

banner

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ। केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा थपिएको हो। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सँयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

उपत्यका अब निजी सवारी साधान जोडविजोड प्रणालीअनुसार सञ्चालन गर्न पाइने छ। यो व्यवस्था सोमबारदेखि लागु हुनेछ।

यस्तै पसलहरु पनि बारअनुसार खोल्ने व्यवस्था गरिएको छ। आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपूर्जाका पसल खोल्न पाइने छ।

यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ। बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न पाइने छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन्।

ad

यो पनि पढौँ

प्रचण्ड-माधव गठवन्धनवाट त्रसित प्रधानमन्त्री ओलीले जारी गराए दल विभाजन गर्न सजिलो अध्यादेश

कोर्पोरट आवाज डट कम

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

Corporate Aawaj

ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति प्राप्त

कोर्पोरट आवाज डट कम