२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

banner

काठमाण्डौ
२२ जुन २०२१

कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

निम्बसको प्रबन्धनिर्देशक आनन्दबगरिया भन्नुहुन्छ,“आफ्नो ज्यानजोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रतिहामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायतानपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”

उच्च गुणस्तरको Pro-Tect प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने Pro-Tect निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।

निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपालप्रहरी, FNCCI, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।

नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत हुनुहुन्छ । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ । यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ । यस सेवाभाव देखाउनुभएकोमा निम्बस परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं,“ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भन्नुहुन्छ ।

कोभिड–१९ को संकटको समयमानिम्बस यस कल्याणकारी कामलाई जारी राख्नेछ ।

संगठन र स्वयंसेवकहरुले Pro-Tect मास्क र स्यानिटाइजरको आवश्यकता परेमाहामीलाई www.nimbusbazar.com मागएर Donate थिचि अथवा ९७७–९८२८०९१६९१ डायल गरी सम्पर्क गर्नसक्नुहुनेछ ।

ad

यो पनि पढौँ

नवनियुक्त सञ्चालकको पदवहाली

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३१औँैँ शाखा धनुषाको महेन्द्रनगर, क्षिरेश्वरनाथमा

कोर्पोरट आवाज डट कम

अब हिमालय एअरलाइन्स्बाट आफ्नो फ्लाईट टिकट अनलाइन बुक गर्नुहोस् !

कोर्पोरट आवाज डट कम