२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

अब हिमालय एअरलाइन्स्बाट आफ्नो फ्लाईट टिकट अनलाइन बुक गर्नुहोस् !

banner

नेपाल–चीन संयुक्तलगानीको एक निजीएअरलाइन्स्, हिमालय एअरलाइन्स्ले हालै आफ्नो अनलाइन टिकट बुकिङ्गइञ्जिन सुरू गरेको छ, जसबाट ग्राहकहरूले उहाँहरूको डेक्सटप वामोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्स्को वेबसाइट

https://him-air.com बाट बुकिङ्गगर्न सक्नुहुनेछ । यसले उहाँहरुलाई विभिन्नगन्तव्यहरूसँग जोडिन सहजहुनेछ ।

अहिले यो सेवाआफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस (connectIPS) प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीदगर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण –पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविकनाम प्रमाणीकरणको सुविधालिनसक्नुहुनेछ । एअरलाइन्स्ले सम्बन्धितअन्य सहायकसेवाहरू जस्तै ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसावामास्टर कार्डबाटभुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजनाबनाएको छ ।

नयाँ वेबसाइट सुरूवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष – श्री जोउ इन्योङ्ले भने, “हाम्राग्राहकहरू हामीले गर्ने सबै कामका केन्द्र हुन्, र हामीउहाँहरूलाई बढी भन्दा बढी गुणस्तरिय सेवाप्रदानगर्न सदैव तत्पर छौं । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनकप्रयोगकर्ता अनुभवको आनन्दप्रदानहुने गरीहाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदाहामीअत्यन्तै खुशी छौं । यो वेबसाइट हिमालयको निरन्तरअविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवाप्रदानगर्ने प्रतिबद्घताको परिणाम हो ।वास्तवमाहामी यस प्लेटफर्मलाई तयारगर्न लकडाउनको अवधिप्रयोग गरिरहेका थियौं र अहिलेको कोभिड–१९ महामारीलाई मध्येनजर गर्दै हामीहाम्रायात्रुहरूको भौतिक सम्पर्करहितबुकिङ्ग र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौं ।”

त्यस्तै उपाध्यक्ष–श्री विजयश्रेष्ठले भने, “यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धीहो । हिमालय सधैं आफ्नो ग्राहकहरुसँग नजिकको सम्बन्धकायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ्गअनुभवको निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागिकोसेढुङ्गा साबित हुनेछ । ”

यो नयाँ सेवाबाट हिमालयले आफ्नाआदरणीय ग्राहकहरुकालागी सहज र निर्बाध टिकट बुकिङ्गअनुभव सुनिश्चितगर्नकालागी तैयारी गर्दैछ ।
८८८८८८
हिमालय एअरलाइन्स्काबारेमा
नेपाल–चीन संयुक्तउद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापितहिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवाउपलब्ध गराउँदै आएको निजीवायुसेवाकम्पनीहो । ‘हिमालय’शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नामउँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनआकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवाउपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमाआफ्नो उच्चपहिचानकायमगरिसकेको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमाचारवटा जहाजकायमगर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमताविकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ माकतारको दोहाको लागि भरेको थियो र तत्पश्चातविभिन्नएशियालीमुलुकहरुमाआफ्नो सञ्जालविस्तार गरेको छ जस्तैः युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, बेइजिङ, छोड्ंछिडं्, दमाम,ढाका, दोहा,दुबई,क्वालालम्पुरररियाधमा उडान सेवाभर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जालविस्तार गरेर साउदी अरेबिया र नेपालजोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स्हो र हालचीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।
हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमीक्लास सीट भएकातीन एअरबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवाउपलब्ध गराउँदै आएको छ । निकट भविष्यमाएअरलाइन्स्को ल्हासालगायतदक्षिणएशियाको अन्यप्रमुखशहरहरूमासेवासञ्चालनगर्ने योजना छ ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एअरलाइन्स्ले सन् २०१७मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथएशिया’अन्तर्राष्ट्रिय अवार्ड सम्मानप्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० माहिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धितआईएसओ ९००१–२०१५ हासिलगर्न सफलभएको छ ।
हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्तगर्न र उड्डयन क्षेत्रमाउच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जालविस्तार गर्न अथकप्रयासमालागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ग्राहक नै भगवानभन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहितउच्च गुणस्तरीय ग्राहक सेवाउपलब्ध गराउन प्रतिबद्ध छ ।

थपजानकारीकालागिः
ब्राण्ड तथा सेवा सुधार विभाग
हिमालय एअरलाइन्स् प्रा. लि.
टेलिफोन ः +९७७ ९८५१०८४२९५
इमेलः sid@himalaya-airlines.com
वेबसाइतः www.himalaya-airlines.com

हामीलाई लाइक र फलो गरी हामी सँग फेस्बुक, ट्वीटर, इन्स्टाग्राम, यूट्यूब, टिकटक, वीच्याट र वीबो मापनि सम्पर्कमा रहनसक्नुहुन्छ ।

ad

यो पनि पढौँ

डिसहोमको नयाँ अभियान “मेरो मनको दोस्रो देश”

कोर्पोरट आवाज डट कम

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटी बिच सम्झौता

कोर्पोरट आवाज डट कम

दया फाउण्डेशनले कोरोना उपचारको संरचनाविकासमा टेवा पुयाउँदै दियो सामाजिक सन्देश

कोर्पोरट आवाज डट कम