
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाकको मिति २०७८÷२÷१३ गते बसेको ११७औँ संचालक समितिको बैठकबाट सस्थापक समुहबाट रिक्त संचालकको पदमा श्री दिपेश खेतान (अग्रवाल)लाई नियुक्त गरेको थियो । नवनियुक्त संचालक श्री दिपेश खेतान (अग्रवाल) ले मिति २०७८÷२÷२० गते संस्थाका अध्यक्ष कपिल ढकाल बाट डिजिटल माध्यमबाट शपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गर्नुभयो । श्री दिपेश खेतान (अग्रवाल) पेशाले व्यवसायी हुनुहुन्छ । उहाँले कम्प्युटर इन्जिनियरिङ्ग विषयमा स्नातक तथा व्यवसाय र उद्यमी विषयमा स्नाकोत्तर हासिल गरी करिब ५ वर्षको लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यअनुभव रहनुका साथै निजि व्यवसायहरुको सञ्चालकको कार्य समेत गर्दै आउनुभएको छ । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास अनुभव प्राप्त व्यक्तिलाई संस्थाको संचालकका रुपमा स्वागत गरिएको जानकारी दिनुभयो । साथै उहाँको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाउनु भयो ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७७÷११÷२३ को निर्णय अनुसार साविक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने÷गाभिने (मर्जर) कार्य सफलतापुर्वक सम्पन्न गरेको सुनसरी जिल्ला इटहरी उप–महानगरपालिका वडा नं. ९ केन्द्रिय कार्यालय रहेको “एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड” नेपाल राष्ट्र बैकबाट राष्ट्रियस्तरको “घ” वर्गको इजाजतपत्र प्राप्त संस्था हो ।
यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ । यस त्रयमासको अन्त सम्ममा वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको छ । यसका साथै यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्नीपिडित परिवारहरुलाई खाद्यान्य तथा सामाग्री सहयोग, सितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरि समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ । आर्थिक बर्ष २०७६÷७७ मा यस वित्तीय संस्थाले आन्तरिक राजस्व विभागलाई रु.७,४०,०९,२७५ आयकर भुक्तनी गरि नेपाल सरकारको कर संकलन लक्ष्यलाई समेत थप टेवा पु¥याएको छ ।
साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्नेछ ।


