२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

शेयर बजारमा निरन्तर पहिरो, कारोबार रकम पनि घट्याे

banner

काठमाडौं, १० असार । साताको पाँचौ दिन बिहिबार पनि शेयर बजारमा पहिरो जाने क्रम रोकिएन ।
शेयर बजार दोहोरो अंकले घटेको छ ।

केहि दिन अगाडीदेखि ओरालोको यात्रालाई निरन्तरता दिएको शेयर बजार मंगलबार उकालो लाग्दा लगानीकर्ताहरुमा उत्साह जगाएपनि बुधबारबाट पुनः ओरालो लाग्दा लगानी गर्ने नगर्ने ढुकचुक भईरहेको छ भने तत्कालै कम्पनी छनौटमा पनि अन्योलता देखिएको छ ।

समय, परिस्थिति, नियामक निकाय र देशको वर्तमान राजनीतिक अवस्थाले पनि शेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । धितोपत्र बोर्डको बिज्ञप्ति तथा त्यसपछि २० जना मन्त्रीहरुको पदमुक्त भएपछिको राजनीतिक घटनाक्रमले लगानीकर्ताको मनोविज्ञान खल्बलाएको छ । तर अर्थ क्षेत्रका जानकारहरूले याे अवस्था लामाे समय नरहने भएकाेले नआत्तिन सल्लाह दिने गरेका छन् ।

नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३.०० विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.५९ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ३.१७ अंकले घटेर ५२५.६४ विन्दुमा पुगेको छ ।

कुल २१९ कम्पनीकाे शेयर कारोबार भएको छ । १ करोड बत्तिस लाख १० हजार ३६९ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ३३ करोड ६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहिबार होटल तथा पर्यटन र हाइड्रोपावर बाहेक बाँकी ११ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको हो ।

कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३७ करोड ८३ लाख ९५ हजार २१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ad

यो पनि पढौँ

सन्दीप र कुशलको टी-२० वरीयता एक स्थान खस्कियो, अलराउन्डरमा दीपेन्द्र शीर्ष दशमै

कोर्पोरट आवाज डट कम

बिरुवाका हाँगा भाँचे हजार, जथाभावी कार रोके १० हजार जरिवाना

कोर्पोरट आवाज डट कम

बागमतिको घोषणा : बागमति प्रदेश डिजिटल प्रदेश

कोर्पोरट आवाज डट कम