२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

आइएमई लाइफले बोर्डसँग माग्यो ६० करोड आइपीओ निष्काशनकाे अनुमति

banner

काठमाडौं, १० असार । आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिएको छ ।

कम्पनीले गत जेठ ३१ मा तेश्रो साधारण सभा सम्पन्न गरेर आइपीओ निष्काशनको लागि प्रस्ताव गरिएको एजेण्डालाई पारित गरेको थियो ।

कम्पनीको हालको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । प्राथमिक शेयर निष्काशन बिक्रीपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ । शेयर बिक्रीपछि ७० प्रतिशत प्रोमोटर तथा ३० प्रतिशत साधारणतर्फ रहने छ ।

कम्पनीले गएको वर्ष भन्दा चैत्र मसान्तसम्म ११४ प्रतिशतले बढी आम्दानी गरेको छ । अर्थात कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । गएको वर्ष कम्पनीले ८८ करोड १९ लाख बीमा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले १० करोड १ लाख रुपैयाँ नाफा कमाएको 5थियो । गत वर्ष सोहि अवधिमा कम्पनीले ९ करोड ८१ लाख नाफा कमाएको थियो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल तोकिएको छ ।

ad

यो पनि पढौँ

ज्योतिलाईफको स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ।

कोर्पोरट आवाज डट कम

ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनको लागि बोर्डले दियो अनुमति

कोर्पोरट आवाज डट कम

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० गुणासम्म रकम फिर्ता

कोर्पोरट आवाज डट कम