
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफूहरूले उठाएका मागहरू सम्बोधन नभएसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने घोषणा गरेका छन् । आज बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वाणिज्य बैंकदेखि बीमा कम्पनी र लघुवित्त कम्पनीका कर्मचारी संगठनहरूले यस्तो घोषणा गरेका हुन् ।
‘खाईपाई आएको सुविधा कटौती हुने तथा विभेदपूर्ण तरिकाबाट कोषमा आवद्ध हुन हुन नसकिदैन,’ प्रेस विज्ञप्तीमा भनिएको छ । जबरजस्ती कोषमा आवद्ध गराउने प्रयास गरिए त्यसका विरुद्ध प्रतिकारमा उत्रिने चेतावनी समेत उनीहरूले दिएका छन् ।
यसबाट हुने क्षतिको जिम्मेवार स्वयम सरकार नै पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । विभिन्न २८ वटा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले उक्त विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।





