२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

सार्वजनिक यातायात संचालन गर्न सरकार सकारात्मक, भोलिसम्म निर्णय आउने

banner

काठमाडौ, १२ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको जनाएको छ । करीब २ महिना अघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर र सवारी धनी मर्कामा परेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यकाे गुनासाे छ ।

व्यवसायी र सरकारी अधिकारीबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलगायत अधिकारी स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक पाएको उनले जानकारी दिए ।

कोरोनाको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यातायात चलाउने विषयमा छलफल भएको थियो । जोरबिजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने भएकाले सबै सवारी चलाउनुपर्ने व्यवसायीको माग छ ।

स्वास्थ्य मापदण्ड पूरा गरे/नगरेको अनुगमनको व्यवस्था गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो । काठमाडौं उपत्यकामा मात्र नभई उपत्यकाबाट बाहिर जाने सवारी पनि खुला गर्न व्यवसायीले माग गरेका छन् । सार्वजनिक यातायात चलाएपछि सबै क्षेत्र चलायमान हुने भएकाले सावधानीपूर्वक चलाउने व्यवस्था मिलाउनुपर्ने यातायात व्यवसायीको माग छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले गृहसचिव र मुख्यसचिवसँग सल्लाह गरेर १३ गतेसम्म निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघले सार्वजनिक यातायातका चालक, सहचालकलाई अनिवार्यरूपमा खोप लगाउने व्यवस्था गर्न पनि माग गरेको छ ।

ad

यो पनि पढौँ

कोरोनाभाइरस: गन्ध वा स्वाद थाहा नपाउनु के मुख्य लक्षण हो?

कोर्पोरट आवाज डट कम

पूर्वराजाको चित्र भएको नोट अब नचल्ने, नोटमा स्टिच लगाउन पनि रोक

कोर्पोरट आवाज डट कम

सीमा नाका खोल्न सर्वोच्चले दिएन अन्तरिम आदेश

कोर्पोरट आवाज डट कम