४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

सांग्रिला बैंक र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता

banner

काठमाडाैं, १५ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल, काठमाडौं स्थित मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सिप्रदी ट्रेडिङ्गबाट नयाँ गाडी खरिद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशत सम्म बिना धितो कर्जा सुविधा प्राप्त गर्ने छन् ।

ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिनेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

ad

यो पनि पढौँ

दुई नयाँ फोन ए५७ र ए७७ सार्वजनिक गर्दै ओप्पो

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३२औं शाखा सिराहाको मिर्चैयामा

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’ को विजेता

कोर्पोरट आवाज डट कम