२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

राष्ट्र बैंकको नामका ठगी गर्नेविरुद्ध उजुरी

banner

आफ्नो नाममा फेसबुक खाता खोलेर ठगी धन्दा चलाउनेविरुद्ध कारबाहीका लागि नेपाल राष्ट्र बैंकले प्रहरीसमक्ष उजुरी गरेको छ । सामाजिक सञ्जालमा राष्ट्र बैंकको नाम दुरुपयोग गरेर ठगी धन्दा गरिरहेको आरोपमा उजुरी गरिएको हो ।

फेसबुकमार्फत् केन्द्रीय बैंकको पेज बनाएको र सोही पेजमार्फत् रकम संकलनका लागि सर्वसाधारणलाई आग्रह गरिएको भेटिएपछि सम्बन्धित व्यक्ति उपर साइबर अपराध सम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

बुधबार राष्ट्र बैंकको लोगो प्रोफाइल राखी ‘सेन्ट्रल बैंक अफ नेपाल’ नामक फेसबुक पेजमा बनाइएको छ । जसमा राष्ट्र बैंकको पुरानो भवनको फोटो राखेर केन्द्रीय बैंकले २ सय व्यक्तिका लागि नगद अनुदान भनि गलत सामग्री पोस्ट गरेको थियो । यससम्बन्धमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि ट्वीट गर्दै आफूहरुको कुनै आधिकारिक फेसबुक एकाउन्ट नभएको बताएका छन् ।

‘राष्ट्र बैंकका नाममा अनधिकृत रुपमा सामाजिक सञ्जालमा ठगी सुरु भएपछि सोको छानबिन गरी आवश्यक कारबाहीका लागि प्रहरीसमक्ष उजुरी दर्ता गरेका छौं,’ उनले भने । राष्ट्र बैंकले नेपाल दुरसञ्चार प्राधिकरणमा सामाजिक सञ्जालमा राष्ट्र बैंकको नाममा खुलेका सबै नक्कली अकाउन्ट बन्द गर्न पनि आग्रह गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले आफ्नो कुनै फेसबुक एकाउन्ट नभएको स्पष्ट पारेको छ । राष्ट्र बैंकको नाममा खोलिएका खाता नक्कली भएकाले तीनको भ्रम तथा लालचमा नपर्न पनि सर्वसधारणलाई आग्रह गरेको छ ।

‘हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारिक फेसबुक पेज छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत् नगरिएको बेहोरा अनुरोध गर्दै अनधिकृतरुपमा राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’

राष्ट्र बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्ना कुनैपनि सूचना प्रविष्ट नगर्न सम्पूर्ण फेसबुक प्रयोगकर्तामा राष्ट्र बैंकले जानकारी पनि गराएको छ ।

ad

यो पनि पढौँ

चीनबाट अनुदान प्राप्त काेराेना विरूद्धकाे खोप आजबाट लगाइँदै

कोर्पोरट आवाज डट कम

चार वर्षदेखि दाहसंस्कार हुन नसकेको शवको कथा

कोर्पोरट आवाज डट कम

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

कोर्पोरट आवाज डट कम