२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

banner

बुटवल  : भालुको पित्त र रेडपाण्डाको छालासहित बाँकेको नेपालगञ्जबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० मा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले राती करिब ८ः४० बजे उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अधिकारीले बताए । राप्ती गेष्ट हाउसमा तलासी लिने क्रममा होटलको १० नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २९ को रोबिन बुढा छन् ।

ad

यो पनि पढौँ

सहुलियतदर लागू गर्दा साढे ७ करोडको खाद्यान्न बिक्री

कोर्पोरट आवाज डट कम

क्रिप्टोकरेन्सी कारोबारबाट हुनसक्ने आठ जोखिमहरू

कोर्पोरट आवाज डट कम

डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

कोर्पोरट आवाज डट कम