५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
धर्म–संस्कृति समाचार

कोरोना महामारी : पशुपतिनाथ मन्दिर साउनमा पनि नखुल्ने

banner

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो।

वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो। असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन। मन्दिर क्षेत्रमा म्ुख्य ढोकामा ताला लगाइएको छ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकाले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको जानकारी दिए। साउन भगवान् शिवको प्रिय महिना मानिन्छ। साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन्। 

गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन। गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए। बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो। विसं २०७६ चैत पहिलो सातादेखि मङ्सिर मसान्तसम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो। गत पुस १ गतेदेखि बिहान छ बजेदेखि मध्यान्नसम्म खुला गरिएको थियो। महाशिवरात्रिदेखि भने पशुपतिनाथ मन्दिर साविकअनुसार नै खोल्न थालिएको थियो। 

वैशाख लागेपछि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि पुनः बन्द गरिएको हो। सदस्य सचिव डा ढकाल वातावरण सामान्य बन्दै गएमा तीजमा भने मन्दिर खोल्न सकिने बताउछन्। कोरानाका कारण पशुपति क्षेत्र सुनसान छ।

भक्तजनका लागि बन्द गरिए पनि पशुपतिनाथ मन्दिरमा नित्य पूजालगायत कर्म भने जारी छ। पशुपति क्षेत्रको घाट सेवा पनि सञ्चालन भइरहेको छ। कोरोनाका कारण निधन हुनेको सङ्ख्या बढेपछि आर्यघाट, भष्मेश्वरघाट, विद्युतीय शवदाह गृहलगायत स्थानमा शव जलाउने क्रम पनि वृद्धि भएको छ।

 कोरानो उच्च बिन्दुमा पुगेका बेला वैशाख अन्तिम र जेठ दोस्रो सातासम्म दैनिक २०० सम्म शव आएको कोषले जनाएको छ। विद्युतीय शवदाह गृहको क्षमताले नधानेपछि वाग्मती किनारमै पनि कोरोनाबाट निधन भएकाको शव जलाइएको थियो। पशुपति क्षेत्रमा विद्युतीयसमेत १५ घाट सेवा उपलब्ध छ। -रासस

ad

यो पनि पढौँ

अमेरिकाको भ्रमणमा प्रधान सेनापति शर्मा

कोर्पोरट आवाज डट कम

कालीगण्डकीमा खसेको एम्बुलेन्स भेटियो, चालकको अवस्था अझै अज्ञात

कोर्पोरट आवाज डट कम

सुवास नेम्वाङ भन्छन् : यस पटक अर्जेन्टिनाले विश्वकप जित्छ

dipesh wyanju