२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

काठमाडौं महानगरले दियो इलेक्ट्रीक कार किन्नेदेखि बेच्नेसम्मलाई फाइदा

banner

काठमाडौं । काठमाडौं महानगरपालिकाले इलेक्ट्रीक सवारी साधनलाई प्रोत्साहन गर्ने आर्थिक ऐन जारी गरेको छ । महानगरले जारी गरेको आर्थिक ऐन २०७८ ले इलेक्ट्रीक सवारी साधनमा लाग्ने करमा सहुलिय दिएको हो ।

आर्थिक ऐनमा उल्लेख भए अनुसार महानगर भित्र भएका इलेक्ट्री सवारी साधनका शोरुम, वर्कशप, चार्जिङ स्टेशन जस्ता व्यवसायमा कुनै कर लाग्ने छैन । यसले व्यवसायीहरुलाई प्रत्यक्ष फाइदा पुग्छ भने त्यसको केही अंश ग्राहकले पनि पाउने छन् । अहिले महानगरमा खुलेका यस्ता व्यवसायले वार्षिक ५० हजार रुपैयाँ महानगरलाई बुझाउनुु पर्ने व्यवस्था रहेको छ ।

त्यस्तै काठमाडौं महानगर भित्रका सार्वजनिक पार्किङ स्थलहरुमा इलेक्ट्रीक सवारी साधनमा पार्किङ गर्दा कुनैपनि शुल्क नलाग्ने भनिएको छ । कम्बश्चनको हकमा दुईपाग्रेमा पहिलो ३० मिनेटको १५ रुपैयाँ र प्रतिघन्टा २५ रुपैयाँ लाग्छ भने चारपाग्रेमा ५० रुपैयाँ र ८० रुपैयाँ लाग्ने भनिएको छ ।

ad

यो पनि पढौँ

भारतबाट आएका १५८ नेपालीको खेतमा बास

कोर्पोरट आवाज डट कम

नयाँ उद्यम व्यवसायलाई १ प्रतिशत व्याजमा सरकारले ऋण दिने, कार्यविधि अन्तिम चरणमा

कोर्पोरट आवाज डट कम

सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?

कोर्पोरट आवाज डट कम