२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

विदेशबाट फर्केकाको खोजी थाल्न प्रदेश प्रहरी कार्यालयको परिपत्र

banner

प्रहरीले विदेशबाट सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लामा फर्किएका व्यक्तिहरूको खोजी थालेको छ ।

यही चैत ४ गते कतार एयरवेजबाट एक सय ५८, ६ गते एयरअरेवियाबाट एक सय ७० र चैत ७ गते भारतीय विमानबाट एक सय ३० जना यात्रु नेपाल आएका थिए । उनीहरूमध्ये चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विमानमा रहेकाहरूमा पनि संक्रमणको जोखिम रहेको भन्दै प्रहरीले यात्रुको खोजी थालेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक देवबहादुर बोगटीले बताए।

तीनवटा विमानमार्फत् आएकाहरूलाई निगरानीमा राख्न सुदूरपश्चिमका ९ जिल्लामा परिपत्र गरिएको उनले जानकारी दिए ।

‘विदेशबाट आएका धेरै हाम्रो सम्पर्कमा आइसकेका छन्,’ उनले भने, ‘केही अझै सम्पर्कमा छैनन् । उनीहरूको खोजी भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले विदेशबाट आएकाहरूको खोजी तीब्र पारिएको बताए ।

ad

यो पनि पढौँ

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj

काठमाडौं महानगरको बजेट पारितः ५० प्रतिशत बीमा शुल्क बेहोरिने, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

कोर्पोरट आवाज डट कम

वीरगञ्ज र नेपालगञ्जमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ६९ पुग्यो

कोर्पोरट आवाज डट कम

Leave a Comment