२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

राखेप बोर्ड बैठक असार ३० गते

banner

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक असार ३० गते बस्ने भएको छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले राखेपको बैठक असार ३० गतेका लागि राखिएको खेलपाटीलाई बताए ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक बैठक बस्न लागेको हो । नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।

करिब दुई वर्षपछि राखेपको बोर्ड बैठकको टुङ्गो लागेको हो ।

सदस्य सचिव सिलवालले राखेप अध्यक्षसंगको छलफलमा बोर्ड बैठकको टुङ्गो लागेको बताए । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठले प्राप्त गरेका छन् । खेलकुद मन्त्री राखेपको अध्यक्ष रहने प्रावधान छ ।

खेलकुद विकास ऐनमा परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्षसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूचि सहितको सूचना बैठक हुनुभन्दा कम्तीमा सात दिन अगावै सबै सदस्यलाई पठाउनुपर्ने उल्लेख छ ।

सदस्य सचिव सिलवालले अध्यक्षसंगको परामर्शमा बोर्ड बैठकका लागि एजेण्डा तय गरिने बताए ।

‘अध्यक्षसंगको परामर्शमा बैठक राखिएको हो । आपसी छलफलबाट बैठकको एजेण्डा तय गर्नेछौं ।’ सिलवालले खेलपाटीसंग भने ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ गत वर्ष असार १७ गते कार्यान्वयनमा आएको थियो । तर ऐन आएको वर्ष दिन बित्दा समेत राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।

ऐनले समेत वर्षमा कम्तिमा दुई पटक बैठक बस्ने उल्लेख गरेको छ । राजनीतिक अस्थिरतासंगै खेलकुद मन्त्री परिवर्तन भईरहदाँ बोर्ड बैठक समेत प्रभावित बन्दै आएको थियो ।

पछिल्लो समय राखेपका बोर्ड सदस्य समेत बैठक बस्न नसकेको भन्दै राखेप नेतृत्वसंग विवादमा उत्रन थालेका थिए ।

सदस्य सचिव सिलवालले असार ३० गते बस्ने बैठक सातदोबाटोस्थित राखेपको सभा हलमा राखिएको जानकारी दिएका छन् ।

राखेपको बोर्ड बैठक बस्न नसक्दा खेलकुदको वार्षिक क्यालेन्डर बनाउनेदेखि बजेट निर्माणदेखि पारितसम्म असर परेको छ ।

ad

यो पनि पढौँ

सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

कोर्पोरट आवाज डट कम

७६ दिनकोलकडाउन खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँ, भन्छन्, ‘घरभित्र बस्दा म पागलझैं थियौं’

कोर्पोरट आवाज डट कम

परिसूचक र कारोबार दुबै घट्दा दुई म्युचुअल फण्डको मूल्यमा सर्किट

कोर्पोरट आवाज डट कम