२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

साउनदेखि आईएमईआई नम्बर दर्ता नभएका चलिरहेका मोबाइल पनि बन्द हुने

banner

नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरी मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो । प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट किनिएका मोबाइल नचलाउन आग्रह गर्नुभयो ।

साउन महिना पछि भने आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेटले काम नगर्न सक्ने भएकोले दर्ता गर्न अनुरोध गर्नुभयो । आगामी साउन १ गते देखि मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम लागू हुने भएकाले अवैध रूपमा भित्रिएका मोबाइल सेट नचल्ने हुन सक्छ । नेपाल सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागू गर्ने घोषणा गरेको थियो ।

एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै नरहने बताएका छन् ।

मोबाईल फोन आयातकर्ता संघका अध्यक्ष समेत रहनुभएका नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक कुमार मलहोत्राले एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल कारोबार पारदर्शी हुने बताउनुभयो । करिब ४० अर्बको मोबाइल कारोबारमा १३ अर्बको कारोवार अवैध हुने बताइन्छ । एमडिएमएस प्रणालीले सबै कारोवारलाई वैध मार्गमा लैजाने उहाँले बताउनुभयो ।

सिस्टम लागू भएसँगै राज्यको करको दायरा बढ्ने, चोरी आयात रोकिने र ग्राहक ठगिने क्रम रोकिने अध्यक्ष मलहोत्राको भनाइ छ । यस्तै एमडिएमएसमा दर्ता भएका फोनको विवरण तुरुन्त थाहा पाउन सकिने भएकाले मोबाइलको दुरुपयोग गरी हुने अपराध र अपराधी पत्ता लगाउन सजिलो हुने उपाध्यक्ष मलहोत्राले बताउनुभयो ।

ad

यो पनि पढौँ

भक्तपुरमा सामूहिक बलात्कार, एक जना पक्राउ

कोर्पोरट आवाज डट कम

फिफा वरियतामा नेपाल १६८ औँ स्थानमा उक्लियो

कोर्पोरट आवाज डट कम

काठमाडौंमा जलाइयो मोदीको पुत्ला

कोर्पोरट आवाज डट कम