२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

बिजुलीको महसुल तिर्नु भयो, नत्र २५ प्रतिशत अतिरिक्त जरिवानामा परिएला नि !

banner

नेपाल विद्युत प्राधिकरणले आगामी बुधबार (असार ३० गते) भित्र विद्युत महसुल नतिरे २५ प्रतिशत अतिरिक्त जरिवाना लाग्ने जनाएको छ । यहि ३० गतेभित्र बिजुलीको महसुल बुझाउन ग्राहकको हकमा भने कुनै अतिरिक्त शुल्क नलाग्ने प्राधिरणले बताएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर ३० गतेभित्र निशेधाज्ञा अवधिको विद्युत महसुल तिरिसक्न ग्राहक वर्गमा आग्रह समेत गरेको छ । कोभिड–१९ महामारीको दोस्रो लहर बढेसँगै लगाइएको निषेधाज्ञा सयममा मिटर रिडिङ हुन नसक्दा ग्राहकले विजुलीको महसुल तिर्न सकेका छैनन् । 

विद्युत महसुल संकलन विनियमावली २०७७ मा भएको व्यवस्थाअनुसार मिटर रिडिङ भएको मितिले ७ दिनभित्र महसुल बुझाएमा ग्राहकले २ प्रतिशत छुट पाउने व्यवस्था छ । ७ औं दिनदेखि १५औं दिनभित्र महसुल बुझाएमा बिल अनुसारकै महसुल भुक्तानी गर्नुपर्ने हुन्छ भने १६ औं दिनदेखि ३० औं दिनसम्म महसुल बुझाउँदा ५ प्रतिशत अतिरिक्त जरिवाना तिर्नुपर्ने विनियमावलीमा व्यवस्था गरिएको छ ।  ३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिन कटेपछि बुझाएमा ग्राहकले २५ प्रतिशत थप दस्तुर तिनु पर्ने हुन्छ । 

जेठ २१ गतेपछि मिटर रिडिङ भएका ग्राहकको हकमा भने विद्युत महसुल संकलन विनियमावली, २०७७ मा भएको व्यवस्थाअनुसार नै विद्युत महसुल भुक्तानीमा थप दस्तुर लाग्ने पनि सूचनामा उल्लेख गरिएको छ । मिटर रिडिङ भएर अहिलेसम्म विद्युत महसुल नतिरेहका ग्राहकको हकमा ३१ गतेदेखि यो जरिवाना लाग्ने भएको हो ।

कुनै कारणले मिटर रिडिङ हुन नसकेको भए प्राधिकरणको मोबाइल एपमार्फत आफैं मिटर रिडिङ गरी अनलाइनबाट विद्युत महसुल तिर्न सकिने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको वेबसाइटमा गई केवाइसी अपडेट गरी मोबाइल नम्बर अद्यावधिक गरिएका ग्राहकको मोबाइलमै मासिक रिडिङ बिल एसएमएसमार्फत ग्राहक समक्ष पुर्याउने व्यवस्था पनि प्राधिकरणले मिलाएको छ । 

ad

यो पनि पढौँ

अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबार नेपाल आउने

कोर्पोरट आवाज डट कम

यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण

कोर्पोरट आवाज डट कम

औषधि खरिदमा अनियमितता गर्नेलाई बर्खास्त गर : कांग्रेस

कोर्पोरट आवाज डट कम