२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

नबिल बैंक र यूनाईटेड फाइनान्सकाे एकीकृत काराेबार सु्रु, चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्ने

banner

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने प्रक्रिया पूरा भएको छ । प्राप्ती प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।

एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पाैडेल र वसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पाैडेललेसरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ उनले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजी कोष ३२ अर्ब ६८ करोड हुनेछ ।

साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १३५ हुनेछ भने एटिएम संख्या भने १८३ हुनेछ । निक्षेप आकार २१६ अर्ब हुनेछ भने कर्जाकाे आकार २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैकाे अंक २ खर्ब माथि हुनेछ ।

यो प्राप्तीसँगैं नबिल बैंकले बजारमा आफ्नाे नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने जनाएकाे छ  ।

ad

यो पनि पढौँ

शाओमी नेपालले आफ्नो नोट १० सिरिजको पोर्टफोलियो विस्तार गर्दै–नेपालमा रेडमी नोट १० एस लन्चगर्यो

कोर्पोरट आवाज डट कम

बालेनलाई बैंकहरुको पनि साथ, नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

कोर्पोरट आवाज डट कम

नेबिको बिस्कुटको आउटलेट अब बालाजु र गौरीघाटमा पनि

कोर्पोरट आवाज डट कम