
वित्तीय बजारमा लामो समयदेखि मर्जर एक्युजिनशले हल्ला चलिरहेका बेला नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरवहादुर थापाले ‘मर्जर एक्युजिशन अहिले विकासको कार्यसूची हुन नसक्ने बताएका छन् । अहिले देशको आवश्यकता भनेको वित्तीय पहुँच बढाउने तथा विस्तारकारी विकास भएकोले मर्जर तथा एक्युजिशनका विषयमा वहस गर्ने समय नआएको उनले बताए । ‘यो अहिले वहसको मुद्दा नै होइन,’ उनले भने ।
‘बजारमा एकाधिकार आउन दिनु हुँदैन,’ उनले भने ‘यो विषयमा वहस आएकै होइन, सीमित स्वार्थको लागि हल्ला चलाइएको हो । साच्चै मर्जर तथा एक्युजिशन गर्नुपर्ने अवस्था आएको भए यस विषयमा अध्ययन तथा अनुसन्धान हुनुपर्ने थियो । अहिलेसम्म त्यस्तो अध्ययन तथा अनुसन्धान भएको छैन । त्यसैले यो बजारमा चलाइएको हल्लामात्रै हो ।’
अध्ययन तथा अनुसन्धान बिना मर्जर तथा एक्युजिशनमा जाँदा ‘टू बिग टू फेल’ को अवस्था पनि आउन सक्छ । यदि यस्तो भयो भने वित्तीय क्षेत्र ठूलो जोखिममा पर्न सक्छ । वित्तीय पहुँच बढ्दै गएको बेलामा बैंक तथा वित्तीय संस्थाको संख्या घटायौं, अहिले नै मर्जर तथा एक्युजिनशमा लििग हाल्नुपर्ने अवस्था आएको छैन ।’
यो नीतिले ब्यालेन्स अफ पेमेन्ट तथा वित्तीय मध्यस्ततामा के समस्या आएको छ ? यसलाई हेर्नु पर्ने हुन्छ । गैर मुद्दालाई मुद्दा बनाएर बोकेर हिड्नु राम्रो नभएको उनले बताए । ‘एकाधिकारको पावर दिन खोज्नुलाई राष्ट्र सहयोगी बन्नु हुँदैन । ‘अस्थिरता निम्त्याउने तथा अर्थतन्त्रमा धक्का पर्ने काम गर्दा यसको असर सम्पूर्ण राष्ट्रले नै व्यहोर्नु पर्ने हुन्छ ।
वित्तीय सेवाको आकार घटाउने कि बढाउने भन्ने अहिलेको यक्ष प्रश्न नभएको बताउँदै उनले भने ‘अहिले हाम्रो योजना भनेको चौतर्फी रुपमा विकास गर्नु हो, विकाससँग तालमेल खानेगरी त्यहि अनुसारको वित्तीय सेवा प्रदान गर्नुपर्छ ।’
अहिले विकासको चुनौती भनेको बैंकको संख्या घटाउने हो कि के हो ? बैंकको ब्याज घटेको छ । यदि आर्थिक र वित्तीय समस्या आयो भने के गर्ने ? यसको समाधान उच्च ब्याजदर हो कि या प्रतिस्पर्धा ? यसले निक्षेप र कर्जा दुबैमा समस्या आउन सक्छ । यसतिर ध्यानै नदिइ बजारमा मर्जर तथा एक्युजिशनको हल्ला चलाइएको छ ।
१५ औं योजनाले निर्देशित गरेको लक्ष्य प्राप्त गर्न मर्जर र एक्युजिशनले मेल खादैन । ‘भेसलेस इन्टे«ष्ट’ लाई प्रवद्र्धन गर्ने कि राष्ट्रिय नीतिलाई गर्ने हो,’ उनले प्रतिप्रश्न गरे । सर्भिसका क्षेत्रहरू थपिदै जाँदा वित्तीय पहुँच बढाउनु पर्ने हुन्छ ।
देशको आवश्यकता नै नबुझि अनावश्यक रुपमा बैंक तथा वित्तीय संख्या घटाइयो । बैंक तथा वित्तीय संख्या घटाउदा कुनै लाभ पनि त भएको छैन र समस्या नआएका पनि होइनन् ।
साथै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्रलाई बचाएर राख्न अहिले दिएका सेवा सुविधालाई निरन्तरता दिनुपर्छ । यसलाई यथास्थितिमा छाडिदिनुपर्ने उनले औल्याए । नत्र कोभिडका कारणले प्रभावित उद्यम व्यवसाय उठ्न सक्दैनन् ।
‘राष्ट्र बैंकले पनुरकर्जा बढाएर तरलता प्रवाह हुन दिनुपर्छ,’ उनले थपे ‘यसले नै व्यापार व्यवसाय बढाउने हो ।’ अहिले नै कोभिड महामारीको अन्त्य भएको छैन । यो कहिलेसम्म चल्छ त्यो पनि थाहा छैन । आर्थिक गतिविधि बढाउन बैंक तथा वित्तीय संस्थालाई गति दिने हो । बिजनेश कसरी बढाउन सकिन्छ त्यसतर्फ राष्ट्र बैंकको ध्यान जानुपर्ने उनले मार्गनिर्देश गरे ।


