२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

नेपाल बंगलादेश बैंक लिद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

banner

नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश बैंक लि., आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष श्री बिदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी मिति २०७८।०३।२५ बाट लगानिको शुरुवात गरिएको हो । यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका बडा नं ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा एष्यित एचयवभअत को रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई बिद्युतिय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।

हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

ad

यो पनि पढौँ

गुहेश्वरी मर्चेण्ट २०औँ वर्षमाः ६ अर्ब २१ करोड निक्षेप संकलन, ४ अर्ब ६० करोड कर्जा प्रवाह

कोर्पोरट आवाज डट कम

डाबरले बनायाे नेपालकै पहिलो फोर्टिफाइड जुस, रोग प्रतिरोधात्मक शक्ति बढाउने

कोर्पोरट आवाज डट कम

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई ५ लाखसम्मका शैक्षिक कर्जा दिने

कोर्पोरट आवाज डट कम