
काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । विकास बैंकको आज(असार २८ गते) मात्रै संस्थाको ८.८ प्रतिशत बोनस सेयर नेप्सेमा थपिएको हो ।
यससँगै नेप्सेमा संस्थाको थप २७ लाख ०३ हजार ४१३ कित्ता बोनस सेयर थपिएको छ ।
उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।


