
मु्लुकको केन्द्रीय बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक मोबाइल एप’ सुरुवात गरिन्।
राष्ट्र बैंकका अनुसार आफ्नो वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायत सामग्री उक्त एपबाट प्राप्त गर्न सकिने छ।
हालका लागि यो एप ‘बेटा भर्सन’ मा उपलब्ध गराइएको छ। प्रयोगकर्ताबाट प्राप्त सुझावका आधारमा परिमार्जन गर्दै लगिने एप एन्ड्रोइड अपरेटिङ सिस्टममा रहेको र चाँडै आइओएस अपरेटिङ सिस्टममा पनि विस्तार गरिने राष्ट्र बैंकले जनाएको छ।


