२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

अमेरिकाको भ्रमणमा प्रधान सेनापति शर्मा

banner

प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका छन्। संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली शान्ति सैनिक तैनाथ लेवनानस्थित युनाइटेड नेसन अन्तरिम फोर्स इन लेवनान मिसन र सिरियास्थि युनाइटेड नेसन डिसेनगेज्मेन्ट अब्जर भेसन फोर्स मिसनको निरीक्षण सम्पन्न गरी असार १३ गते प्रधान सेनापति शर्मा अमेरिका प्रस्थान गरेका थिए। 

अमेरिकाको औपचारिक भ्रमणमा रहेका शर्माले अमेरिकाको भर्जिनियामा रहेको नेसनल म्युजियम अफ द मेरिन क्रोप्स र मेरिन क्रोप्स बेसको अवलोकन समेत गरेका छन्। उक्त क्रममा प्रधान सेनापति शर्माले मेरिन क्रोप्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल, ब्रिगेडियर जनरल केली बि इलिसनसँग अन्तर्क्रिया समेत गरेका थिए। प्रधान सेनापति शर्माले मेरिन क्रोप्स कमाण्ड एण्ड स्टाफ कजेको पनि भ्रमण गरेका छन्। उक्त कलेजमा तालिम लगायत विविध पक्षको बारेमा उनले जानकारी लिएका थिए। 

शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग पनि भेटघाट गरेको सैनिक मुख्यालय जंगी खड्डाले जनाएको छ।

ad

यो पनि पढौँ

साउनदेखि आईएमईआई नम्बर दर्ता नभएका चलिरहेका मोबाइल पनि बन्द हुने

कोर्पोरट आवाज डट कम

अन्तरिक्षमा स्याटेलाइट पठाउने टोलीमा नेपाली चेली सरु श्रेष्ठ ! विश्वबाट शुभकामना र बधाईको ओइरो

कोर्पोरट आवाज डट कम

आर डि अटो ग्रुपले ल्यायो टिभिएस अपाचे आरटिआर १६० ४-भी

कोर्पोरट आवाज डट कम