४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

‍पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घट्यो

banner

नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घटाएको हो ।

बुधबार निगमले काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र)का लागि नयाँ खुद्रा मूल्य क्रमशः रू. १२८ तथा रू. १११ प्रति लिटर कायम गरिएको छ । केही दिनअघि मात्र भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको थियो

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई केही समयदेखि विभिन्न विद्यार्थी संगठनले विरोध गर्दै आएका थिए ।

नेपाल आयल निगम लिमिटेडका अनुसार मूल्यवृद्धि फिर्ता गरिनुपर्ने भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिलको मागको सम्बन्धमा निरन्तरको छलफलपछि मूल्य घटाउने निष्कर्ष निस्किएको हो ।

‘अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढी रहेको र सोको कारणले निगमको लागत बढी रहेको परिपेक्ष्यमा निगमको आर्थिक स्थिति उकास्न पेट्रोलियम पदार्थको मूल्यलाई समायोजन गर्दै लानुपर्ने बाध्यतालाई सबै पक्षले बुझ्नु हुनेछ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजान सहयोग गर्नु हुनेछ भन्ने निगमले विश्वास लिएको छ आन्दोलनरत ५ विद्यार्थि संगठनले निगमको यो निर्णय पश्चात् सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिनु हुनेछ भन्ने निगमले विश्वास लिएको छ ।’

ad

यो पनि पढौँ

कोरोना कोषमा जम्मा भयो करिब दुई अर्ब

कोर्पोरट आवाज डट कम

नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित

कोर्पोरट आवाज डट कम

नेपाली भूमि अतिक्रमणमा भारतलाई चीनको समर्थन ?

कोर्पोरट आवाज डट कम