
काठमाडौं। मेलम्चीको खानेपानी आगामी पुससम्म उपत्यकामा नआउने भएको छ। आयोजनाका अनुसार बाढीले क्षति पुर्याएपछि पानी काठमाडौंमा ल्याउन झण्डै ७ महिना लाग्ने भएको हो। प्रवक्ता राजेन्द्र पन्तीले यो वर्षको मनसुन सकिएपछि मात्रै आयोजनाको पुननिर्माण थालिने बताए। भने,“असोज पहिलो सातादेखि बल्ल मनसुन सकिएला। त्यसपछि आयोजना पुननिर्माणका लागि आवश्यक निर्माण सामाग्री र भेहिकल पठाइनेछ।” आयोजनाको पानी तोकिएकै मितिमा सम्भावना कम रहेको पन्तीले बताए।


