२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, साढे २ अर्बको बीमा शुल्क आर्जन गर्न सफल

banner

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज(असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीकोे ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत गरी कूल ११.५७८९ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीको साधारणसभा भर्च्युअल माध्यममार्फत सम्पन्न भएको थियो ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले चालु आर्थिक वर्षमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको जानकारी गराएका छन् ।

कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।

ad

यो पनि पढौँ

कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट, विज्ञापनमा अनमोल

Corporate Aawaj

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई ५ लाखसम्मका शैक्षिक कर्जा दिने

कोर्पोरट आवाज डट कम

महालक्ष्मी विकास बैंकको प्रगतिः ७१ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ

कोर्पोरट आवाज डट कम